सुरेश छन्त्याल, बाग्लुङः  गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले आयाेजना गर्न लागिरहेको २५६७ औं बुद्धजयन्ती तथा वैसाखे पुर्णिमा मेलाकाे तयारी बैठक सम्पन्न भएको छ।

क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतामा बसेकाे भेलाले विभिन्न उपसमिति निर्माण गरेकाे छ । जसमा अतिथि सत्कार, आर्थिक समिति, खेलकुद समिति, साँस्कृतिक समिति, प्रशासनिक समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन, मेष व्यवस्थापन र प्रचारप्रसार समिति निर्माण गरेकाे छ।

त्यस्तै पालिका स्तरीय पुरुष तथा महिला भलिबल संगै प्राैढ  पुरुष भलिबल, डबल लेबलकाे ब्याट्मिन्टन खेल र नृत्य प्रतियोगिता राख्ने निर्णय समेत गरिएको मञ्चका सचिव दिप घर्तिले जानकारी दिनुभयाे ।

पुरुष भलिबलकाे प्रथम पुरस्कार एक लाख , दाेस्राे पुरस्कार साठी हजार महिला भलिबलकाे प्रथम पचास हजार, दाेस्राे तीस हजार, पाैढ पुरुष भलिबल प्रथम पुरस्कार पचास हजार, दाेस्राे तीस हजार नृत्य प्रतियोगिताकाे प्रथम तीस हजार, दाेस्राे बीस हजार, तेस्राे दश हजार र व्याट्मिन्टन खेल प्रथम पुरस्कार विस हजार र दाेस्राे बाह्र हजार रहेकाे छ।

त्यस्तै वैशाख १५ गते नाम दर्ता र १६ गते खेलकाे टाइसेट सार्वजनिक गरिने क्लबले जनाएको छ ।