+
+
-- Sponsored Ad --

हुम बहादुरको अन्तिम सहारा बन्यो दलित उत्थान केन्द्र अर्जुनचौपारी ।

1,313 पटक हेरिएको
Clock २०८० बैशाख ९, शनिबार २२:०८
-- Sponsored --

दिपक सुनार, ०८० चैत्र ९, अर्जुनचौपारी स्याङ्गजा : अर्जुनचौपारी गाउँपालिका वडा न.२ खाल्टेका हुम बहादुर बिश्वकर्माको २ बर्ष अगाडि बर्सातको समयमा घर भत्किएको नया घर बनाउने रकम समेत नभएको, बिरामी अवस्थामा रहेका र श्रीमतिले पनि छोडेर गएको , सहारा भरोसा केही नभएको थाहा पाएपछि दलित उत्थान केन्द्र अर्जुनचौपारी सहारा बनेर पुगेको छ ।

No description available.
अर्जुनचौपारि गाउँपालिकाको सहयोगमा दलित उत्थान केन्द्र अर्जुनचौपारिले बिक लाई बस्ने बासको व्यवस्था मिलाएको छ।यस महाअभियानलाई सफल पुर्‍याउन विशेष सहयोग गर्नहुने अर्जुनचौपारि गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई सस्थाले आभार प्रकट गरेको छ ।

No description available.
बि.क.को घरमा ओड्ने ओछ्याउने कपडा पनि नभएको र लगाउने कपडा पनि नभएको खबर पायपछि पौडेल फेन्सि अर्जुनचौपारिका प्रो.बेल प्रसाद पौडेलले कपडा सहयोग गर्नुभयो । घर बनाउदा चाहिने काठ वडा न.२ निवासी क्षेत्र बहादुर रोका उपलब्ध गराउनुभयो। यो सदा सहायतका लागि सहयोगदाता हरुलाइ समेत सस्थाले हार्दिक आभार ब्यक्त गरेको छ ।

No description available.
दलित उत्थान केन्द्र अर्जुनचौपारिले अब छिट्टै आरुचौर र गाडखानिमा पनि आवास निर्माण गर्न लागिरहेको कुराको जानकारी दिएको छ । सहयोग गर्न इच्छुक सम्पुर्णलाई आर्थिक भैतिक तथा श्रमदान जुनसुकै तवरले सहयोग गरिदिन सस्थाले सबैमाझ अपिल समेत गरेको छ ।

No description available.

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win