जब एउटा भाले साङ्लोले पोथी साङ्लोसँग मिलन गर्न चाहन्छ, उसले आफ्नो नितम्बलाई पोथीतर्फ फर्काउँछ, आफ्नो पखेटा खोल्छ । त्यसपछि उसको शरीरबाट विशेष खाद्यान्न निस्किन्छः चिनी र बोसोमिश्रित यो खाद्यान्न भालेको ग्रन्थीबाट निस्कन्छ ।
पोथीले जब चीन र बोसोको मिश्रण खान थाल्छे तब भालेको एउटा लिंगले उसलाई अठ्याउँछ र अर्को लिंगले पोथीको ज्ञानेन्द्रीय विर्य दान गर्दछ । सबै कुरा सहज रूपमा सम्पन्न भयो भने साङ्लोको संसर्ग लगभग ९० मिनेट लामो हुन्छ । तर पछिल्लो समय साङ्लोको यौन क्रिया बदलिँदै गएको देखिन्छ । यसको सम्बन्ध साङ्लोमा मानिसले प्रयोग गर्ने किटनाशक औषधीसँग रहेको छ ।
सन् १९९३ मा नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले अन्टार्कटिका बाहेक संसारका सबै स्थानमा पाइने जर्मन साङ्लोमा एक विशेषता भेटे । ती साङ्लोले ग्लुकोज भनिने चिनीको एक प्रकारप्रति कुनै आशक्ति नदेखाएको देखिन्थ्यो, जुन अनौठो थियो ।
किनभने साङ्लोको प्रकोप सामना गरेका जो कोहीले पनि थाहा भएको कुरा हो, साङ्लाहरूले सामान्यतया मीठो चीज धेरै मन पराउँछन् । त्यसो भए, यी नयाँ ‘स्वास्थ्य–सचेत’ साङ्लोहरू कहाँबाट आए ?
दशकौंसम्म मानिसले साङ्लोविरुद्ध प्रयोग गर्ने विषमा सो किरालाई मनपर्ने चिनी हालिन्थ्यो । आफ्ना पुर्खालाई मार्ने मिश्रणबाट सचेत बनाएर नयाँ प्रकारको साङ्ला मानिसले नै संयोगवश सिर्जना गरेको जस्तो देखिन्छ ।
मिठाई खान चाहने साङ्लोले विष खाए र मरे, जबकि ग्लुकोजमा कम चासो राख्ने साङ्लोले मृत्युको पासोमा पर्नबाट जोगिए र प्रजनन क्रियामा सहभागी भएर समयसम्म बाँचे । पछि यो गुण अर्को पुस्तामा हस्तान्तरण भयो ।
नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका संक्रमणविद डा.एयाको वाडा–कात्सुमाता र उनका सहकर्मीले गुलियो विषको प्रलोभनबाट बच्ने पोथीहरूले भालेसँग मिलन गर्ने सम्भावना कम रहेको पाए । साङ्लोको ¥यालले भालेले यौनक्रियाका लागि मनाउन फ्याक्ने जटिल चिनीलाई द्रुत रूपमा तोड्न र साधारण चिनीमा परिणत गर्न सक्षम हुन्छ ।
‘त्यसो भए गुलियो मन नपराउने पोथीले भालेको समागम रसायन चाख्छिन्, उनका मुखमा तितो हुन्छ, र भालेले समाएर वीर्यदान गर्ने प्रक्रिया सुरु गर्नुअघि नै उ भाग्छे । समागम नै नभएपछि के यसले साङ्लोको जनसंख्या घटाउन सघाउँछ ?
‘यसले जनसंख्यालाई कसरी असर गर्छ भन्ने कुरा जटिल छ,’ डा वाडा–कात्सुमाताले भने । त्यो किनभने, गुलियो मन नपराउने साङ्लाले पनि अन्य मार्गबाट सम्भोग गर्छन् । प्रयोगशाला गरिएको प्रयोगमा डा.वाडा–कात्सुमाता र उनका सहकर्मीले ग्लुकोज–प्रतिरोधी पोथीहरू ग्लुकोज मन पराउने पोथीभन्दा बढी भालेसँग घुलमिल गर्ने गरेको पाए ।
यद्यपि, उनीहरूले ग्लुकोज–प्रतिरोधी भालेले ग्रन्थीबाट गुलियो पदार्थ फाल्नासाथ लगतै यौन कार्यमा संलग्न भएको पाइयो । अनुसन्धानकर्ताहरुले अनुसन्धानका क्रममा नयाँ दबाबहरूको कारणले ग्लुकोज–प्रतिरोधी भालेले संसर्गमा पोथी आकर्षित गर्न फाल्ने रसायन नै बदल्दै गएको पाए ।
यो अध्ययन मानिसले कसरी उद्विकासको प्राकृतिक छनौटलाई प्रभावित बनाउँछ भन्ने कुराको प्रमाण हो । आम उपभोक्ताको लागि सुखद खबर के भने यो अध्ययनकै निष्कर्षबाट पाठ सिकेर साङ्गो मार्ने किटनासक निर्माता कम्पनीले तिनको रसायनिक समीकरण बदल्ने बताएका छन् ।

