+
+
-- Sponsored Ad --

बारा–२ मा अग्रता फराकिलो बनाउँदै उपेन्द्र यादव

238 पटक हेरिएको
Clock २०८० बैशाख १२, मंगलवार ११:१९
-- Sponsored --

काठमाडौं । बारा–२ मा जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनु भएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार जसपाका यादवले १२ हजार १ सय १९ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६ सय ९३ तथा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना जारी छ । आइतबार भएको निर्वाचनमा बारा–२ मा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win