+
+
-- Sponsored Ad --

भारतीय सीमावर्ती बजारमा किनमेल गर्दा अब भन्सार शुल्क लाग्ने

187 पटक हेरिएको
Clock २०८० जेष्ठ २७, शनिबार १८:५१
-- Sponsored --

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा सरकारले भन्सार लगाउने भएको छ ।
परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने भएको हो । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।
यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधा अन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।
यसअघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगी/व्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिस्कृत रुपमा कडाइको व्यवस्था गरिएको भन्सार विभागले जनाएको छ ।
नयाँ नियम राजपत्रमा आएसँगै मातहतका कार्यालयलाई जानकारी गराएर कार्यान्वयमा ल्याईएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win