रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

कावासाेती । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत बिहिबारदेखि भइरहेको सुनुवाइ आज सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेबाट एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

लामिछानेको तर्फबाट आज वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र पशुपति भण्डारी तथा अधिवक्ता नारायणदत्त कँडेलले बहस गरेका थिए । यस्तै जाहेरीकर्ताको तर्फबाट गत शुक्रबार डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।

यसअघि लामिछानेले कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएका थिए । अब चितवन र पर्सा जिल्ला अदालतमा उनको मुद्दाको सुनुवाइ हुन बाँकी छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 12 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:४६
    • 33 views
    हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं : विप्लव

    १३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् । आइतबार…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *