+
+
-- Sponsored Ad --

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

227 पटक हेरिएको
Clock २०८० असार २५, सोमबार १७:३४
-- Sponsored --

२५ असार, काठमाडौं । बंगलादेशसँग हुने दुई वटा मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल  टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा कार्यक्रम गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन् ।

१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले जुलाई १३ र १६ तारिखमा बंगलादेशसँग ढाकामा दुई खेल खेल्ने छ ।

गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच महिला फुटबल हुन लागेको हो ।

साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस पटक त्यो हारको बदला लिने लक्ष्यमा नेपाल छ ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

नेपाली टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् ।

नेपाली टोली 

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win