यसकारण कमिलाहरु सधै लाइनमा हिड्छन् ।

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू देख्न सकिन्छ । कमिलाको बानी देखेर हामी सबै अचम्मित हुन्छौं। कमिलाहरू सधैं एउटै लाइनमा हिडिरहेका हुन्छन् । कमिलाको यो बानीको पछाडि ठूलो कारण छ । कमिलाहरू किन एउटै लाइनमा हिंड्छन् त ?

कमिला संसारमा जताततै पाइन्छ। पृथ्वीमा धेरै प्रजातिका कमिला पाइन्छ। रानी कमिला, भाले कमिला र पोथी कमिला सधैं सँगै बस्छन् र आफ्नै परिवार बनाउँछन्। भाले कमिलाका पखेटा हुन्छन् भने पोथी कमिलाका पखेटा हुँदैनन्। कमिलाहरूलाई सामाजिक भन्न सकिन्छ, किनकि तिनीहरू सधैं बथानमा घुम्छन्।

सबैभन्दा अचम्मको कुरा के छ भने कमिलाको आँखा देखाउन मात्र हुन्छ । कमिलाहरू अन्धो भएकाले देख्न सक्दैनन्। जब कमिलाहरू खानाको खोजीमा बाहिर निस्कन्छन्, तीमध्ये सबैभन्दा पहिला हिड्ने कमिला रानी कमिला हो । रानी कमिलाले बाटोमा फेरोमोन नामक रसायन निकाल्छिन्। यसको गन्ध सुँसेपछि अन्य कमिलाहरू पनि लाइनमा यताउता हिँडिरहन्छन् । कमिलाहरू लाइनमा हिंड्नुको कारण पनि यही हो।

कमिला संसारमा जताततै पाइन्छ तर अन्टार्कटिकामा मात्र पाइँदैन। ब्राजिलको अमेजन जंगलमा सबैभन्दा खतरनाक कमिला पाइन्छ। उक्त कमिलाले टोकेको बेला शरीरमा बन्दुकको गोली लागेको सरह महसुस हुन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 93 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 76 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *