+
+
-- Sponsored Ad --

राहदानीबाट मात्रै नवलपुरमा १० करोड बढि राजस्व संकलन

225 पटक हेरिएको
Clock २०८० श्रावण २, मंगलवार ११:२४
-- Sponsored --

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले एक वर्षमा राहदानी वितरण बाट १० करोड बढी राजस्व संकलन गरेको छ ।

गत आ.व ७९/८० मा २४ हजार १ सय १४ जनाले राहदानी बनाउदा १० करोड ४९ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यसै गरि संस्था दर्ता नविकरणबाट ११ लाख ४१ हजार ७ सय, दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६ सय ७, सरकारी सम्पती बिक्रीबाट ४ लाख र परिक्षा शुल्क बाट ७ हजार गरेर एक वर्षमा कुल ११ करोड ५७ लाख ११ हजार ४ सय ७७ राजस्व संकलन गरेको सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

यसै बीच गत आ.वमा १८ हजार ३ सय ६० जनाले नेपाली नागरिकता र १३ हजार ९ सय २८ जनाले नागरिकताको प्रतिलिपी लिएका पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win