0 प्रतिक्रिया
प्रदेशलाई उपेक्षा गरिएको कांग्रेस पाटीको गुनासो
कांग्रेस । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनु भएको हो । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गर्नुभयो । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उहाँको भनाई छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



