+
+
-- Sponsored Ad --

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

565 पटक हेरिएको
Clock २०७८ बैशाख २७, सोमबार ११:३९
-- Sponsored --

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत  पनि नदिने भएको छ।

राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए। 

सांसदबाटै सामूहिक राजीनामा दिने निर्णयबाट नेपाल–खनाल समूह पछि हटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन केही घण्टामात्र बाँकी रहँदा उनीहरुले यस्तो निर्णय गरेका हुन्।

‘हामीले आजको प्रतिनिधिसभाको बैठक जुन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धाराहरूको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर बोलाउन लगाउनुभएको थियो त्यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं’बैठकपछि रावलले भने।

 

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्वीप जारी भएको छ। तर माधव नेपाल समूहले भने आफ्ना मागहरु सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको थियो।

संसदमा ह्वीप विपरित मतदानमा सहभागी हुँदा कारबाही प्रक्रियाबाट सांसद पद जाने भएपछि नेपाल पक्षधर समूहले संसदबाटै राजीनामा दिने निर्णय गरेका थिए।

नेपाल पक्षधर सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, पवित्रा निरौला, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार छन्।

यस्तै मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, सोमप्रसाद पाण्डेय, झपट रावल, दीपकप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा पनि नेपाल समूहका सांसद हुन्।

यस्तै सांसदहरु मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, यज्ञबहादुर बोगटी, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, कालिला खान, समिना हुसेन, सरलाकुमारी यादवले नेपाल समूहलाई साथ दिदै आएका छन्।

राजीनामा  दिनेबारे सांसदभित्रैबाट मतभेद भएपछि यो समूहले यस्तो निर्णय गरेको हाे। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win