Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्दै - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्दै

262 पटक हेरिएको
Clock २०८० श्रावण ७, आईतवार ०९:४२
maudrik niti
-- Sponsored --

साउन ७, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न केही बेरमा बस्नेगरी राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।

सरकारले आर्थिक वर्ष २०८०र८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

यता बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win