0 प्रतिक्रिया
मध्यबिन्दुकी एक महिलाको कोरोना संक्रमणको कारण निधन
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० निवासी ८२ बर्षीया महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ । उनको आज विहान साढे २ बजे निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । बैशाख ३१ गते कोरोना पुष्टि भएका ति महिला होम आइसोलशेनमै रहेको थिए । उनको आज विहान होम आइसोलेशनमै निधन भएको चापागाईले बताए । उनको आजै स्वास्थ्य मापदण्ड पूरा गर्दै परिवारबाट नै दाहासस्कार गर्ने तयारी भई रहेको मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



