भारतिय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लुकेका तथ्यहरू

भारतका प्रधानमन्त्री इन्दिरा गान्धीका विषयमा कुराकानी गर्दा धेरै काँग्रेसजन उनलाई फलामे नारी भन्ने गर्छन् । उनले पाकिस्तानलाई दुई र अरु धेरै टुक्रामा विभाजन गरेकी थिइन् । तर के उनीहरु उनका लुकेका पाटाबारे कुराकानी गर्छन् त ?
एम.ओं मिठाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुका निजी सचिव थिए । सन् १९४६ देखि १९५९ सम्म उनले नेहरुका सचिवका रुपका काम गरेका थिए । तर नेहरुका निजी सचिव इन्दिरा गान्धीसँग निकै निकट थिए । हो, नेहरुसँग बसेका एम.ओ.मिठाईलाई नेहरु परिवारबारे सबै कुरा थाहा थियो । वास्तवमा सोचेभन्दा अलि बढी नै थाहा थियो । मिठाईले एउटा पुस्तक लेखेका छन्–नेहरु युगको सम्झना । त्यो पुस्तकमा उनले नेहरु परिवारका गोप्य पाटालाई नग्न रुपमा व्याख्या गरेका छन् । नेहरुका विषयमा धेरै गोप्य रहस्य खोलिए तर त्यो पुस्तकको सबभन्दा रोचक खण्ड इन्दिरा गान्धीको विषयमा छ जसको शीर्षक छ–उनी ।
मिठाई थिए इन्दिरा गान्धीका गोप्य प्रेमी !!
पुस्तकमा मिठाईले नेहरुप्रति गहिरो सम्मान व्यक्त गरेका छन् । तर उनले इद्विना, पद्माजा नाय्डू(सरोजिनी नाय्डूकी छोरी), मृदुला साराबाई र अरु धेरै जनासँग नेहरुको सम्बन्धबारे खुलेर बोलेका छन् । ती महिलाहरुलाई प्रभावित बनाउन नेहरुको ठूलो मिहिनेत पथ्र्यो । त्यही क्रममा उनी भारतको अवस्थाबारे चिन्तन गर्न समेत बिर्सन्थे । फलतः सन् १९६२ मा चीन भारतमा युद्धमा भारतले पराजय भोग्नुप¥यो ।
त्यो पुस्तकमा एउटा खण्ड थियो जसको शीर्षक थियो–उनी । त्यो खण्डलाई प्रकाशनको अन्तिम चरणमा निकालिएको थियो । सो खण्डमा इन्दिरा गान्धीसँग मिठाईको शारीरिक सम्बन्धबारे मिहीन चर्चा गरिएको थियो ।
मिठाईसँग इन्दिरा गान्धीको रोमान्टिक सम्बन्ध थियो जसकारण इन्दिराको घरमा बेला बेला तनाव समेत भएको थियो । नेहरु पनि फिरोज गान्धीलाई त्यत्ति रुचाउँदैन्थे भन्ने कुरा त सर्वविदित छ । मिठाईले १२ वर्षसम्म आफू इन्दिराको प्रेमी भएको बताएका छन् । सो क्रममा इन्दिरा एक पटक उनीबाट गर्भवती समेत भएकी थिइन् । तर उनले गर्भपतन गरेकी थिइन् ।
इन्दिरा गान्धीले मिठाईलाई भनेकी थिइन्–म तिमीसँग सुत्न चाहन्छु । भोलि साँझ मलाई जंगलमा लैजाऊ ।’ मिठाईले आफूसँग महिलाहरुबारे आफूलाई कुनै अनुभव नभएको जवाफ दिएका थिए । तर इन्दिरालाई मिठाईलाई दुई वटा पुस्तक दिएकी थिइन् । त्यसमध्ये एउटा डा. अब्राहम स्टोनको यौन र महिलाको शरीर विज्ञानसम्बन्धि थियो ।
इन्दिराले आफूलाई सुर्यास्तपछि जंगलमा लैजान आग्रह गरेकी थिइन् । मिठाईलाई कसेर समाउँदै इन्दिरा भन्थिन्,‘ ओ, भुपति म तिमीलाई प्रेम गर्छु ।’ इन्दिरा मिठाईलाई भुपति भनेर बोलाउँथिन् र मिठाई इन्दिरालाई पुत्ली भनेर बोलाउँथे । मिठाईले इन्दिराभन्दा अघि आफूले कसैसँग शारीरिक सम्बन्ध नराखेको पनि पुस्तकमा लेखेका छन् ।
मिठाई र इन्दिराको प्रेम सम्बन्ध किन तोडियो ?
इन्दिरा गान्धीसँग निकै सुमधुर शारीरिक सम्बन्ध भएर किन मिठाईले आफूलाई उनीबाट टाढा राखिन् त? इन्दिराको एक जनासँग मात्र त्यस्तो सम्बन्ध थिएन । एक दिन मिठाई इन्दिरालाई भेट्न जाँदा उनी धमेन्द्र ब्रम्हाचारीसँग सुतिरहेकी देखे । अग्लो कदका ब्रम्हाचारीसँग जब इन्दिरालाई देखिन् तब मिठाईले इन्दिरालाई भनेका थिए–‘मलाई तिमीसँग केही कुरा गर्नुछ । तर म त्यो कुरा पछि भन्नेछु ।’ त्यत्ति भनेर इन्दिरासँगको सम्बन्धलाई उनले सदाको लागि विश्राम दिए ।
धमेन्द्र ब्रम्हाचारी गान्धीका योग गुरु थिए । योगको प्रशिक्षण शारीरिक सम्बन्धमा परिणत भएको थियो ।
इन्दिरा गान्धीले एक पटकआफू कुनै पनि हालतमा हिन्दुसँग विवाह नगर्ने बताएकी थिइन् । तर उनी एक जना हिन्दुसँग सुत्न पछि परिनन् । उनले भनेकी थिइन्–‘म रानी माहुरी बन्न चाहन्छु । म माथि माथि आकाशमा प्रेम गर्न चाहन्छु ।’
पुस्तकको त्यो खण्डमा मिठाईले भनेका थिए–‘म उनीसँग गहिरो प्रेममा परेको थिएँ ।’
(प्रस्तुत समाचार ११ जुलाई सन् २०१७ को दिन पोस्टकार्ड. न्युजमा प्रकाशित प्रस्तुत समाचारको नेपाली अनुवाद हो । समाचारको अन्त्यमा पोस्टकार्ड.न्युजले उल्लेखित सबै जानकारी एम.ओ. मिठाईको आत्मवृतान्तबाट लिइएको र यसको सत्यताप्रति सम्पूर्ण रुपमा आत्मवृतान्त नै जिम्मेवार भएको उल्लेख  छ ।)http://postcard.news/12-years-sex-life-indira-gandhi-came-end-saw-another-man-behind-curtain-m-o-mathai/

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ४, शुक्रबार १८:५३
    • 18 views
    विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।

    विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न। महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य…

    विस्तृत.....

    • २०८१ असार ३०, आईतवार १३:१५
    • 173 views
    बाँदरले खायाे ३५ लाखको चिनी

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा एक हजार एक सय क्विन्टल चिनी घोटाला भएको विषय…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *