बालेन : विवाद र प्रशंसा : चर्चामा आएका मुख्य विषयहरु (भिडियो)
देशको पछिल्लो राजनितिक घटनाक्रममा, देशका मन्त्री प्रधानमन्त्रीको भन्दा पनि धेरै चर्चा छ काठमाण्डौका मेयर बालेन्द्रन शाह उर्फ बालेनको..।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेनले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन् ।
उनी मेयर भएपछि महानगरले चालेका धेरै कदमहरुको मानिसहरूले प्रशंसा गरिरहेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन् ।
संघिय निर्वाचनमा देशैभर राष्ट्रिय स्वतन्त्रपार्टिका सभापति बनेका पूर्व सञ्चारकर्मी रवि लामिछानेको चर्चा र विजयको अर्को एउटा कारणमा स्वतन्त्र उम्मेद्वार बनेर जितेको बालेनले स्थानिय निर्वाचनमा पाएको सफलता पनि थियो ।
दुवैलाई चर्चाको शिखरमा पुर्याउने माध्याम भने सामाजिक सञ्जाल नै थियो । त्यहि सामाजिक सञ्जालमा पछिल्लो केहि समय देखि दुवै चर्चित व्यक्तिहरुलाई लडाउने प्रयत्न पनि भैरहेको देखिन्छ ।
रवि र बालेनका केहि कार्यलाई उदृत गर्दै ट्रोल बनाउन थालिएको छ, विषेश गरि मेयर बालेनको पक्ष र सांसद लामिछानेको विपक्षमा देखिएका ति ट्रोलहरुमा रविले बालेनलाई सहयोग गर्न नसकेको, बालेनले गरेर देखाएको तर रविले गफ मात्र लगाएको भन्ने आशयहरुलाई प्रसय दिएको पाईन्छ ।
यता मेयर बालेनले पनि सामाजिक सञ्जालमा गृहमन्त्री पदमा हुँदा रविले आँफुलाई असहयोग गरेको प्रति दुःखेसो पोखेका थिए ।
बालेनको जस्तै चर्चा छ धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ्को पनि ।
राजनितिको चर्चामा रहेका यि तिनै युवाहस्तिहरुले एक भएर यो देशको राजनितिमा रहेको फोहोरका डङ्गुरहरु सफा गरुन् हाम्रो पनि कामना ।
हेर्नुहोस् पुरा भिडियो..
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले