+
+
-- Sponsored Ad --

आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि नवलपुरका पालिकाहरुमा सन्चालित विद्यालयद्वारा सार्वजनिक विदा घोषणा

693 पटक हेरिएको
Clock २०८० श्रावण २२, सोमबार २२:०५
eye
-- Sponsored --

कावासोतिमा साउन २४ देखि २६ गते सम्म र हुप्सेकोटमा साउन २३ देखि २६ गते सम्म विद्यालयहरुलाई सार्वजनिक विदा: आँखा पाक्ने रोग नियन्त्रण गर्न विषेश गरि सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीको आग्रह ।

एनसञ्चार संवाददाता, साउन २२, नवलपुर : पछिल्लो समय देशैभर आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न विभिन्न पालिकाहरुले विद्यालय नै बन्द गरिरहेका छन् , नवलपरासि (वर्दघाट सस्ता पूर्व), नवलपुरको दुई पालिका कावासोति नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि एक सुचना जारि गर्दै विद्यार्थिहरुमा बढि मात्रामा यसको संक्रमण देखिएकोले विद्यालय बन्द गर्ने बताएका छन् ।अन्य विदामा मिलान हुने गरि साउन २४ गते देखि २६ गते सम्म कक्षा १२ सम्म पढाई हुने सबै विद्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय भएको कावासोति नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताए ।

kawasoti

त्यस्तै हुप्सेकोट गाउँपालिकाले भने साउन २३ गते देखि नै २६ गते सम्म विद्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय भएको शिक्षा अधिकृत तेजचन्द्र खनालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

hupsekot
आँखा पाक्ने रोगको संक्रमण फैलिएकै कारण पश्चिम नवलपरासिको प्रतापपुर गाउँपालिकाले पनि गत २१ गते देखि २३ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ ।

विद्यालयनै बन्द गर्ने गरि संक्रमण फैलिएको हो त ? भन्ने एनसञ्चारको जिज्ञासामा प्याब्सन केन्द्रिय सदस्य तथा गन्डकी आवासिय मा.वि.का प्रिन्सिपल जगत भट्टराईले भने : “केहि विद्यार्थिहरुमा यसको संक्रमण देखिएको छ, विद्यालय सञ्चालन गर्दा आँखा पाक्ने रोग लागिसकेका विद्यार्थिबाट अर्को विद्यार्थिमा सजिलै सर्न सक्ने भएकोले पनि विद्यालय बन्द गर्ने निर्णय उचित हो । मानिसको स्वास्थ्य प्रमुख कुरा हो, यो सरुवा रोग भएकोले विद्यार्थिहरुमा संक्रमण नफैलियोस् भन्नकैलागि केहिदिनलाई सार्वजनिक विदा दिईएको हो ।”

देशभर फैलिरहेको आँखा पाक्ने रोग नियन्त्रण गर्न विषेश गरि सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आग्रह गरेका छन् । सुवेदीका अनुसार रोग लागिसकेपछि उपचार गर्नु भन्दा लाग्नै नदिनु उत्तम भएको भन्दै समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिएका छन् ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win