+
+
-- Sponsored Ad --

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् रास्वपा सभापति रवि लामिछाने

242 पटक हेरिएको
Clock २०८० भाद्र ६, बुधबार १३:१५
sun-prakaran-baithak
-- Sponsored --

भदौ ६, काठमाडौं : प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अनुपस्थित भएका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको नगएपछि स्थगित भएर आज राखिएको बैठकमा सभापति लामिछाने नगएका हुन्।

उनले पार्टी उपसभापति डिपी आर्यल र प्रमुख सचेतक सन्तोष परियारलाई पठाएका छन्। ओली ओली नआएर बैठक स्थगित भएपछि उनले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको टिप्पणी गरेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख समेत हितराज पाण्डे, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक, एमालेबाट ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र जसपाबाट प्रदीप यादव सहभागी छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win