भारी हिमपात र वर्षाको कारण हुम्लामा ५० भेडाबाख्रा मरे ।

हुम्ला : केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।

नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्। 

 

 

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको र बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको बुढाले जानकारी दिए। उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन्‌।

​दशकौँपछि एक्कासी वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ। जिल्लामा एउटा भेडाको मूल्य १० हजार रुपैयाँसम्म पर्छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २१:५६
    • 19 views
    फौजदारी कानुनका आधा दर्जन व्यवस्था संशोधनका लागि गृहकार्य

    २८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन सुधारका लागि करिव आधार दर्जन कानुन संशोधन हुनुपर्ने औंल्याएको छ । हालका कतिपय कानुनी व्यवस्थाले गर्दा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *