+
+
-- Sponsored Ad --

व्यवसायका लागि फेसबुक प्रयोग यसरी गर्नुस :

1,379 पटक हेरिएको
Clock २०७७ फाल्गुन १७, सोमबार १६:२०
-- Sponsored --

डिजिटलाइजेशनको सुरुवातसँगै, प्रत्येक व्यवसायले उदीयमान बजारहरूमा सबै भन्दा राम्रो डिजिटल मार्केटिंग रणनीतिहरू विचार गर्नुपर्छ। फेसबुकमा आफ्नो व्यक्तिगत खाता खोली आफ्ना विचार, भावना, तस्बिर आदि आफ्ना साथीहरू माझ राखेर रमाउनेहरू त छँदै छन्, सँगसँगै थुप्रैले यस मार्फत आफ्नो व्यवसाय प्रवर्धन गरी कमाई समेत गरी रहेको भेटिन्छन् । व्यवसायका लागि फेसबुक प्रयोगले बिक्री अनलाइन बढाउन, तपाईंलाई ग्राहक समर्थन बढाउनु, अन्तर्क्रियामा सुधार र ग्राहकको आवश्यकता बुझ्न, ब्रान्ड अवेयरनेस निर्माण, भाइरल जान मद्दत गर्न सक्दछ। यस गाइडमा प्रदान गरिएका सुझावहरू, उपकरणहरू, र स्रोतहरू अन्वेषण गर्नुहोस् शक्तिशाली र प्रभावशाली फेसबुक उपस्थिति विकास गर्न।

फेसबुक प्रोफाईलहरू, पृष्ठहरू र समूहहरूको बीचमा भिन्नता
प्राय: फेसबुक प्रयोगकर्ताहरू, पृष्ठहरू र समूहहरू बीचको फरक बारेमा नयाँ फेसबुक प्रयोगकर्ताहरू बीच भ्रम छ। प्रोफाईलहरू मात्र व्यक्तिका लागि हो, व्यवसायहरू होइनन्। व्यवसायको लागि प्रोफाइल सिर्जना गर्ने कुरा फेसबुकको सर्त विरुद्ध छ र यो कुनै पनि समय प्रोफाइल बन्द हुन सक्छ। ब्यावसायको नाममा प्रोफाइल बनाउन पाइदैन।
व्यापार प्रचारको लागि फेसबुक पेज बनाउनु पर्छ। अनि फेसबुक समूह (group) सदस्यहरू बीचको छलफल गर्नका लागि हो।

व्यावसायिक सञ्जालका लागि फेसबुक प्रयोग
फेसबुक प्रयोग गरेर तपाईंको व्यवसायलाई बदाउन सकिन्छ। आफ्नो व्यवसायको फेसबुक खाता (Facebook Page) खोली आफ्नो व्यवसायको आम्दानी बढाउनु होला। पेज मोबाइलबाट अथवा कम्प्युटरबाट सजिलै निसुल्क खोल्न सकिन्छ। तेस्को लागि पेजेसमा जानु होला अनि त्यहाँ आफ्नो ब्यावसायको बारेमा पुरा जानकारी भर्नु होला ।

नियमित अपडेट गर्नुहोस्
सामाजिक सञ्जालमा नियमित अपडेट गर्नुहोस् । आफ्नो बस्तु, उत्पादन सेवा आदिको जानकारी राखेर नियमित अपडेट गर्नुहोस् । आफ्नो पेजमा आकर्षण बनाइराख्न हरेक दिन आफ्नो व्यवसायसँग जोडिएका चाखलाग्दा जानकारी पोस्ट गर्नुपर्ने हुन्छ ।

रचनात्मक बन्नुहोस
सामाजिक सञ्जालमा पोस्त् गर्दा जति सक्दो रचनात्मक भए फाइदा हुन्छ । भन्नाको मतलब सामाजिक सञ्जालमा प्रशं उत्तर सोध्ने?, रचनात्मक शैलीमा आफ्नो सामानको प्रचार गर्ने, फोटो वा भिडियोको प्रयोग गर्ने गर्नुपर्छ। अचेल त लाइभ भिडियो गरेर पनि दर्शकलाई आकर्षित गर्न सकिन्छ।

अनलाइन अर्डर लिनुहोस्
तपाइको व्यवसायलाई प्रवर्दन गर्न , ग्राहकको अर्डर सामाजिक सञ्जालबाटै लिन सकिने व्यवस्था मिलाउनु भयो भने तपाइको पसल, व्यवसाय भएको स्थानमै ग्राहक नआएपनि ग्राहकले तपाइको उत्पादन किनमेल गर्न सक्छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win