चैत २९, कावासोती : दलदलेमा सवारी दुर्घटनामा परि ३ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलि नगरपालिका १४ दलदले बजार नजिकै ओभरटेक गर्ने क्रममा बसले ट्रकलाई ठक्कर दिँदा आज विहान ९ः१५ बजे सो दुर्घटना भएको हो ।


भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३ ००१ ख ३५३४ नं. को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नं.को बसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४ ००१ प २२८२ नं.को मोटरसाईकल उक्त बसमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा मोटरसाईकल चालक देवचुली १ केउरेनी बस्ने २९ वर्षिय विशाल अर्जेल, मोटरसाईकलमा पछाडि सवार सोहि स्थान बस्ने ३२ वर्षिय करिश्मा तिवारी र बस सहचालक पाल्पाका ३२ वर्षिय रमेश रानाभाट रहेका छन् ।

घाईते तिनै जनालाई उपचारकोलागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाएको साथै तिनओटै सवारि साधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । ।