0 प्रतिक्रिया
स्याङ्जा र पाल्पा जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु
स्याङ्जा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको हो ।
दश टनभन्दा धेरै समान बोकेका ट्रकलाई सञ्चालनमा रोक लगाइएको छ । ६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक पटक मर्मत गरिदैआएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो ।
नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ । नयाँ निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर, लम्बाइ १ सय ८ मिटर र दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहनेछ ।
उक्त पुलको ४० टनसम्मको भारवाहन क्षमता रहने बताइएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




