+
+
-- Sponsored Ad --

समाज रुपान्तरणमा उदाहरणीय कार्य गर्दै विराट सामुदायिक वन उपभोक्ता समिति

217 पटक हेरिएको
Clock २०८१ जेष्ठ १५, मंगलवार १५:५४
Program222
-- Sponsored --

जेठ १५, कावासोति । समाज रुपान्तरणमा सामुदायिक वन उपभोक्ता समतिले पनि मुख्य भुमिका निर्वाह गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नवलपरासि (वर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ३ अन्तर्गत रहेको विराट सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको शैक्षिक सामग्रि, प्राविधिक शिक्षा शुल्क र आरन सामाग्रि वितरण कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले वन समितिले समाजमा खेलेको भुमिकाको प्रशंसा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ३ का वडाध्यक्ष विष्णु रानाले वन समितिले हरेक वर्ष आयोजना गर्ने यस्ता कार्यबाट समाजका धेरै व्यक्ति एवं परिवार लाभांवित भएको बताए ।
आर्जन गरेको सम्पत्तिबाट समाजलाई एकिकृत गर्दै सामाजिक विकासमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने कुराको समेत विराट सामुदायिक वन उपभोक्ता समितिले उदाहरण प्रस्तुत गर्न सफल भएको वडाध्यक्ष रानाको भनाई थियो ।
विद्यार्थिहरुको उज्वल भविष्य निर्माणमा सघाउ पुर्याउनुका साथै गरिब तथा विपन्न परिवारलाई समेत जिविकोपार्जनमा सहजिकरण गर्ने उद्येश्यले शैक्षिक सामाग्रि वितरण कार्यक्रम गरिएको वन उपभोक्ता समतिका अध्यक्ष प्रेम बहादुर कार्किले बताए ।
कार्किका अनुसार हरेक वर्ष वार्षिक कार्यक्रम नै बनाएर वन जोगाउने मात्र नभई समाजको विकासमा समेत वनसमितिले विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा करिब एक लाख मुल्य बराबरको शैक्षिक स्टेशनरि सामाग्रि २ सय २७ जना बालबालिकालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा हुप्सेकोट प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा विपन्न १० जना छात्र छात्राकोलागि २५ हजारका दरले दुई लाख पचास हजार रुपैयाँ छात्रवृत्ति समेत प्रदान गरिएको थियो । उनिहरुलाई हरेक वर्ष नै छात्रवृत्ति प्रदान गर्ने योजना रहेको समेत समिति अध्यक्ष कार्किले बताए ।
त्यस्तै सोहि कार्यक्रममा परम्परागत आरन व्यवसाय सञ्चालन गर्दै आईरहेकाहरुको व्यवसायिक निरन्तरता होस् भन्ने उद्येश्यले ४ जनालाई आरन सामाग्रि समेत वितरण गरिएको थियो ।
वन उपभोक्ता समितिका सचिव ईश्वरी प्रसाद रेग्मीले सहजिकरण गरेको कार्यक्रममा समाजका अग्रणि व्यक्तित्व, विभिन्न समितिका सदस्यहरु एवं स्थानिय उपभोक्ता र विद्यार्थिहरुको समेत उपस्थिति रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win