भ्यू टावरको संरक्षणमा स्थानियले नै चासो नदेखाउँदा समस्या : वडाध्यक्ष

yyyyy

दिपेन्द्र रेग्मी, साउन ६, कावासोती,

कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष तवारक अहमद मियाले स्थानियकै वेवास्ताका कारण लाखौँ खर्च गरेर बनाईएको दृश्यावलोकन स्थल (भ्यू टावर) वेबारिसे बनेको बताउनुभएको छ ।
नवलपरासि बर्दघाट (सुस्ता पूर्व) नवलपुरको कावासोती १ बालुवाडाँडामा ६८ लाख रुपैयाँको लागतमा बनाईएको ६० फिट अग्लो टावरको संरक्षण समिति बन्न नसक्दा बेवारिसे भएको हो ।
हामीसँगको कुराकानिमा वडाध्यक्ष मियाले टावरको व्यवस्थापनकालागि केहि कार्यहरु गर्न बाँकि नै रहेको भन्दै त्यहाँका स्थानियहरुलाई संरक्षणको जिम्मेवारी लिईदिनुहुन अनुरोध गर्दा स्थानियले नै चासो नदेखाएकोले समस्या भएको बताउनुभएको हो ।
तीन वर्षअघि नै निर्माण सम्पन्न भएको टावरको रेखदेख एवं सञ्चालन गर्ने निकायको अभाव भएपछि पर्यटकिय गतिविधिसँगै आयआर्जन बढ्ने अपेक्षा गरेका करिब ६० घर गुरुङ र मगर समुदायको वस्तीका स्थानिय निराश भएका छन् ।
निर्माण सम्पन्न भैसकेपछि नजिकै रहेको विद्यालयलाई रेखदेखको जिम्मेवारी सहित त्यसको आम्दानि पनि दिने गरि छलफल चलाईएपनि विद्यालयमा कर्मचारी अभाव रहेकोले सो जिम्मेवारी लिन नमानेको वडाध्यक्ष मियाको भनाई छ । उहाँले त्यहाँको महिला समुह एवं क्लबहरुसँग पनि छलफल भैरहेकोले आउँदो ५, ६ महिना भित्रमा त्यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनेगरि नगरपालिका र वडा कार्यालय लागिपरेको दावि गर्नुभएको छ ।
पूर्वपश्चिम राजमार्गबाट ११ किलोमिटरको दूरीमा रहेको भ्यू टावरबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
स्थानिय सुमित्रा भुषालले दिएको १८ धुर जग्गामा बनेको ५ तले भ्यू टावरको नजिकैको जग्गा सम्याउँदा टावर वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा १० लाख खर्चेर नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेपनि त्यो पूर्ण नभएपछि चालु आ.व.मा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।
वडाध्यक्ष मियाले केहि समयभित्रै सम्पूर्ण बाँकि कार्य समेत सकि स्थानियलाई नै संरक्षणको जिम्मेवारी दिनेगरि छलफल चलिरहेकोले अब यसको अन्तिम रुप दिनेगरि काम भैरहेको दावि गर्नुभएको छ ।