बिहे घरबाटै फैलियो कोरोना : बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुली अस्पतालमा
झापा : घरमा धुमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए।
उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो। आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो। विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए। शुक्रबार राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए।
त्यस्तै, सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए। मानिसको भिडभाड हुने गरी घरमा भएको विवाहबाटै संक्रमण फैलिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए। नयाँ भेरियन्टबाट गौरादहमा पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश