+
+
-- Sponsored Ad --

एसियाकै धनिको सुचीमा रहेका अम्वानीको ताज खोसिदैः गौतम अडानीको सम्भावना ।

708 पटक हेरिएको
Clock २०७८ जेष्ठ ८, शनिबार १५:०९
-- Sponsored --

एजेन्सी। विश्वका तेह्रौ नम्बरका धनी मुकेश अम्बानीको एसिया कै सर्वाधिक धनीको ताज अब भारत कै अर्का व्यापारीले खोस्ने लगभग पक्का भएको छ। सन् २०२१ को जनवरी अर्थात् पछिल्लो ५ महिनामा मात्र ३२.७ अर्व डलर सम्पत्ति थपिएपछि गौतम अडानीले अम्बानीलाई पछि पार्ने देखिएको हो। 

अहिले अडानी एशियाको धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । ब्लुमबर्गको अर्वपतिको सूचकाङ्कका अनुसार गौतम अडानी एसियाका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आएका हुन्। उनले चीनका अर्वपति झोंग शानशानलाई पछाडि छोडेका हुन्।

अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति द्रुत गतिले वृद्धिले भइरहेको छ।  जसले उनी अब चाँडै भारत र एसिया कै सबैभन्दा धनी व्यक्ति बन्ने देखिएको हो। दुई दिन अघि अर्थात् गएको बुधवारदेखि बिहीबार बिचको एक दिनमा नै उनको सम्पत्ति १.११ अर्व अमेरिकी डलरले बढेको छ।

उल्लेखनीय कुरा के छ भने गौतम अडानीको आफ्नै सम्पत्ति पनि निरन्तर वृद्धि भइरहेको छ। अडानी ग्रुप अफ कम्पनीको सेयरमा ठुलो वृद्धि भएको छ। ब्लूमबर्ग अरबपति सूचकाङ्कका अनुसार गौतम अडानीको जम्मा सम्पत्ति ६७.६ अर्ब डलर छ। यस वर्ष मात्र, उसको सम्पत्ति ३२.७ अर्ब डलरले बढेको हो।

गौतम अडानीको यसरी सम्पत्ति बढे पनी रिलायन्स उद्योगका मालिक मुकेश अम्बानी अझै एसिया कै धनी मानिसहरूको सूचीमा शीर्ष स्थानमा छन्। उसको कुल सम्पत्ति ७६.३ अर्ब डलर छ। पछिल्लो एक दिनमा मुकेश अंबानीको सम्पत्ति २ करोड २० लाख डलरले घटेको छ भने अडानीको सम्पत्ति १.११ अरब डलरले बढेको छ। दुवैको सम्पत्तिमा अब मात्र ८.७ अर्ब डलरको अन्तर छ। 

गौतम अडानीको सम्पत्ति गति जुन गतिमा बढ्दै छ त्यसले अबको केही दिनमा नै उनले सजिलै अम्बानीलाई जित्ने देखिन्छ। ब्लूमबर्ग अरबपति सूचिमा मुकेश अम्बानी विश्वको धनी मानिसहरूको सूचीमा १३ औँ स्थानमा छन्। जबकि गौतम अडानी एक नम्बर पछाडि १४ औँ नम्बरमा पुगेका छन्।

केही समय देखी अडानी समूहको सेयर मूल्य लगातार बढ्दै गइरहेको छ । गौतम अडानीले त्यसको फाइदा लिँदै छन्। अडानी ग्रिन, अडानी इन्टरप्राइजेज, अडानी ग्यास र अडानी ट्रान्समिसन जस्ता उनीहरूको विभिन्न कम्पनीको मूल्यमा तेजी देखिएको छ।

गत एक वर्षमा अडानी टोटल ग्यासको सेयर करिब ११४५ प्रतिशतले बढेको छ। अडानी इन्टरप्राइजेज र अडानी ट्रान्समिसनको सेयर क्रमशः ८२७ र ६१७ प्रतिशतले वृद्धि भएको छ। यी सबैको कारणले गौतम अडानीको सम्पत्तिमा ठुलो वृद्धि भएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win