बुलिङटारमा टेलिकम टावर निर्माणका लागी सञ्चारमन्त्री गुरुङसमक्ष ध्यानाकर्षण पत्र

कावासोती । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चार मन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नंं १ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका वडा नंं ३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता बृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको युवा नेता गिरीले जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोर ( गैंडाकोट– बुलिङटार –रामपुर) खण्डमा यात्रा गर्ने यात्रु देखि स्थानीय बासिन्दाले मोवाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार–३ मा रहेको टावरको क्षमता बढाउन आबश्यक देखिएको हो ।

सञ्चारको युगमा समेत मोवाइलको टावर टिपाउन अग्लो डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता भएकाले मन्त्रीलाई भेटेर ध्यानकर्षण गराउने काम भएको हो । जतिसक्दो चाँडो नयाँ टावर र क्षमता बृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *