बाजुराको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिए । उनका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाबाट करिब एक वर्ष पहिले पनि रामबहादुर अयडीसहितका व्यक्तिलाई चितुवाको छाला, हड्डी दाँत र मृगका हड्डीसहित मुद्दा चलाइएको थियो ।
चितुवाको छालासहित दुई जना पक्राउ

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
“कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सबै असुरक्षित हुन्छन्” : गाउँपालिका महासंघ अध्यक्ष पाण्डे