स्याङ्जा ,दिपक विश्वकर्माः अर्जुनचौपारि गाउँपालिका–१ स्याङ्जामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने करिव १२० बढी विद्यार्थीले विद्यालय परिसरमै रहेकाे पाँच कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका छन ।

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले जानकारी दिए । विद्यार्थीहरूले टमाटर , काउली , बन्दा, च्याउ लगायत तरकारी फलाएका छन् ।

परम्परागत खेती प्रणालीलाइ आधुनिक प्रविधि मार्फत सिकाउने उद्देश्यले विद्यार्थीहरूलाइ व्यावसायिक उत्पादन’ कार्यक्रमअन्तर्गत तरकारी खेतीका लागि प्लाष्टिक टनेल दुईवटा, तरकारी स्थायी र नर्सरी निर्माणका लागि एउटा,बन्दा कोठामा कन्या च्याउ उत्पादन केन्द्र,सयपत्रि फुल खेति तरकारी खेती कार्यक्रम राखिएकाे छ ।

“आजका विद्यार्थी भोलिका कृर्षी विज्ञ प्राविधिक रहेकाे बताउदै प्रधानाध्यापक तिवारीले “विद्दार्थीलाई परम्परागत खेतीभन्दा आधुनिक तरिकाले प्राविधिक सीप सिकाउनैका लागी विद्यालयले लगानी गरिदिएकाे बताए ।
विसं २०३१ मा स्थापित साे विद्यालयमा विसं २०७६ देखि कक्षा ९ बाट कृषि बाली विज्ञानको अध्यन अध्यापन शुरु भएको हो । हाल कक्षा १२ सम्मका विद्यार्थीहरू यो विषयमा अध्ययनरत छन् । कृषि विज्ञानका लागि सरकारले ७ कोटा दिएको प्रधानाध्यापक तिवारीको भनाइ छ । सो विद्यालयमा अध्ययन गर्नका लागि छिमेकी पालिका छिमेकी जिल्ला बाट समेत विद्यार्थी आउने गरेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयका कारण विद्यार्थीको आकर्षण बढ्दाे मात्रामा रहेकाे छ । अधिकांश प्राविधिक विषयको पढाइ अङ्ग्रेजीमा हुने हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निकै सकस हुने गरेको तिवारीकाे भनाइ छ ।
तस्बिर श्राेत :शिक्षक पृथ्वी सुवेदी ।

