
एन.सन्चार माघ ५, कावासोती । माघ ४ गते सपरिवार सहित आफन्तजनको वैवाहिक समारोहमा उपस्थित भै घर फर्किने क्रममा वस वाट ओर्लि दुइपाइला को दुरीमा रहेको घर पुग्न पुर्व पस्चिम राजमार्ग पार गर्ने क्रममा आफ्नै घर अगाडी अजंगको वसले ठक्कर दिएर प्राण लियो मान वहादुर सुनारको ।
उमेरले ६८ नागिसकेका सुनार चितवनमा रहेका आफन्तजनको वैवाहिक समारोहमा सहभागि हुन माघ ४ गते विहान आफ्नै छोराहरुको कारमा चढेर सपरिवार सहित चितवन पुगेका थिए ।
वैवाहिक कार्यक्रम सकिसकेपछि आफन्त भेटघाटको रमाइलो अनि विवाहउत्सवमा रमाइरहेका सवैजना सँग विदा वादी भै स्थानिय वस चढेर घर फर्किएका उनि घर आइपुग्न केही पल मात्रै वाँकी रहदा अप्रिय घटना घटन् पुग्यो ।
आफन्तजनहरु घर समेत पुग्न नपाउदै कावासोती ३ सभापति चोक स्थित कान्छा छोराले सन्चालन गरेको पुरानो देवचुली सुनचाँदी पसलको ठ्याक्कै अगाडी दिल्लि वाट काठमाण्डौका लागी छुटेको लु २ ख ६८३३ नम्वरको यात्रुवाहक वसले ठक्कर दिएको थियो ।
घट्नापस्चात गम्भिर घाइते अवस्थामा रहेका सुनारलाइ स्थानियहरुले उद्धार गरि नजिकैको जिवन सिटी अस्पतालमा पुर्याय । करिव १० मिनेट सम्म सनाखत हुन सकेको थिएन । करिव १० मिनेट पछि घाइते मानवहादुर सुनार रहेको खुलेपछि घर परिवारलाइ सम्पर्क गर्ने प्रयास गरियो । तर सपरिवार फर्कने क्रममा वाटोमा रहेको जानकारी प्राप्त भयो ।
करिव १ घण्टा अगाडी सकुसल स्थानिय गाडीमा चढाएर पठाएका परिवारका सदस्यहरुलाइ अकस्मात दुर्घटनामा परेको खवर पाउदा हतोत्साहित हुदै परिवार जन करिव ३० किलोमिटरको दुरीमा रहेको सडक करिव करिव २५ मिनेटमा पार गरि परिवारका सदस्यहरु जिवन अस्पतालमा आइपुगे ।
अस्पतालले अवस्था अत्यन्तै नाजुक रहेको र चितवनमा रहेको अस्पताल पुर्याउन सल्लाह दियो । तत्काल एम्वुलेन्समा राखी चितवन पुरयाइयो तर चितवन पुर्याउन साथ अस्पतालले मृत घोषणा गर्यो ।
यता ठक्कर दिने वस भने घटना घटिसकेपछि उत्पन्न हुन सक्ने वाधा वाट वच्न नजिकै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुर परिसर भित्र पुग्यो, ततपस्चात त्यस वसमा रहेका यात्रुहरुलाइ अन्य वसको व्यवस्था गरि गन्तव्य तर्फ पठाइयो ।
हाल ठक्कर दिने वसका चालक र वस प्रहरीको नियन्त्रणमा छन ।