आगामी आर्थिक वर्षमा गण्डकीलाई उज्यालो प्रदेश घोषणा गर्छौ – मन्त्री आचार्य
असोज ७, नवलपुर,।। गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गण्डकी प्रदेशलाई आगामी आर्थिक वर्षमा उज्यालो प्रदेश घोषणा गर्ने बताउनुभएको छ ।
आज नवलपुरमा जनता समाजवादी पार्टी गैंडाकोट नगर समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सके जलविद्युतबाट, नत्र सौर्यउर्जा उत्पादन गरेर भएपनि गण्डकी प्रदेशलाई आगामी आर्थिक वर्षमा उज्यालो प्रदेश घोषणा गर्ने बताउनुभएको हो ।
काँग्रेस नेतृत्वकै सरकारमा मन्त्री बन्नुभएका आचार्यले कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस पार्टिलाई झारको संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभयो ः ‘झार सबै तिर फैलिएको हुन्छ, झार नभएको प्राय ठाउँ हुँदैन, तर त्यो झार कसैलाई पनि काम लाग्दैन, नेपाली काँग्रेस पनि कसैलाई काम नलाग्ने झार जस्तै हो ।’
काँग्रेस ठूलो शक्ति भएर पनि दायाँ तर्फ हिडेको र कम्युनिष्टहरु वायाँ तर्फ लागेकोले जनताका समस्याहरु समाधान हुन नसकेको भन्दै मन्त्री आचार्यले समग्र जनताको हित तथा मुलुकको परिवर्तन जनता समाजवादी पार्टीबाटै सम्भव हुने दाबि गर्नुभयो ।
फरक प्रसंगमा मन्त्री आचार्यले गैंडाकोट नगरपालिकाको दुईवटा खानेपानी आयोजनाको प्रस्ताव आएकोमा यो आर्थिक वर्षमा एउटा र अर्को आर्थिक वर्षमा अर्को गरि दुई वर्षमा दुवै आयोजनाहरु पुरा हुने आश्वासन दिनुभयो ।
जिल्लामा संचालित तथा निर्माणाधिन खानेपानी आयोजनाहरु, सिंचाईका आयोजनाहरु र नदि तथा खोलाले कटान गरेको भूभागहरुको अवलोकन गर्न मन्त्री आचार्य नवलपुर आउनुभएको हो ।
उहाँले गैंडाकोट नगरपालिकाका विभिन्न भागमा संचालित तथा निर्माणधिन आयोजनाहरुको अवलोकन गर्नुका साथै गैंडाकोटको दर्शनचोकमा स्थापना गरिएको जसर्पाको पार्टी कार्यालयको समेत उद्घघाटन गर्नुभएको थियो ।
सम्मान कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिका ईन्चार्ज रुद्रबहादुर गुरुङ र नवलपुर जिल्ला अध्यक्ष धनवहादुर गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो ।
पार्टीका गैंडाकोट नगर अध्यक्ष टेकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सदस्य गोपेन्द्र केशरी न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला सदस्य रेशम गुरुङले गर्नुभएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश