अब ट्राफिक प्रहरीले सवारी साधनको चाबी थुत्न नपाउने ।

कावासोती । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।

व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ । सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।

कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको  थियो । विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी हो र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका  थिए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४  प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको  प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।

सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिँदा गरिमा  र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन  बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्छ। अर्थात् यो कार्य स्वतः रूपमा नेपालको  संविधानको धारा १६ को विपरीत हुन्छ, जसले सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ।

यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश दिएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २३, बुधबार १२:४८
  • 62 views
पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

विस्तृत.....

  • २०८१ माघ १७, बिहीबार २१:२२
  • 54 views
१ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

१७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *