कावासोती । नवलपुरका तिन पालिकालाई जोड्ने आलोक चक्रपथको झ्यालबास -डण्डा खण्डको कालोपत्र हुने भएको छ ।

हुप्सेकोटको गिरुबारी, झ्यालबास कावासोतीको डण्डा हुँदै मध्यविन्दुको कोल्हुवा,चौराहा, वसन्तपुर र हुप्सेकोटकै गिरुबारीलाई जोडिने गरि निर्माण गरिने चक्रपथको झ्यालबास-डण्डा खण्डबाट कालोपत्र सुरु गरिने ग्रामीण सडक सन्जाल आयोजनाका संयोजक प्रेमदत्त भट्टले बताए ।

चक्रपथको ८.६ किलोमीटर बराबरको झ्यालबास-डण्डा खण्डमा सडक चौडा बनाएर कालोपत्र गर्नका लागि यो क्षेत्रमा पर्ने कुल वन क्षेत्र र त्यसमा पर्ने रुख कटानका लागि चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदनलाई परिमार्जन गर्ने प्रक्रिया सुरु गरिएको भट्टले बताए ।

यसै बिच नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्किले आलोक चक्रपथको काम तत्काल सुरु गर्न ग्रामीण सडक सन्जाल आयोजनाका संयोजक भट्टलाई निर्देशन दिएका छन ।
चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन परिमार्जनका लागि सार्वजनिक सुनुवाई,लागत अनुमान अध्यावधिक लगाएतका आवश्यक प्रक्रिया माघ महिना भित्रै सुरु गर्न निर्देशन दिएका छ्न ।

IMG 20250128 WA0012

कूल ३८ किलोमिटर लम्बाइको यस चक्रपथले तीन पालिकाभित्रका ग्रामीण क्षेत्रमा पर्ने वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने हुँदा चक्रपथको निर्माणले ग्रामीण क्षेत्रका बस्तीलाई बजार क्षेत्रसँग सहज पहुँच दिने सांसद कार्कीले बताए ।

IMG 20250128 WA0001

सांसद कार्की,हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मी देवि पाण्डे सहितको टोलिले मङ्गलबार कार्यालयमै पुगेर आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन ।

यस अघि  तयार गरिएको चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन परिमार्जनका लागि चक्रपथ क्षेत्र भित्र ४ ठाउँमा सार्वजनिक सुनुवाई गर्नुपर्ने हुन्छ ।

कावासोती, मध्यविन्दु र हुप्सेकोटका विभिन्न वडाका ठूलो जनसंख्या लाभान्वित हुने यो चक्रपथ नवलपुर जिल्लाकै महत्वपूर्ण योजनाको रुपमा रहेको छ ।