+
+
-- Sponsored Ad --

पाकिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

69 पटक हेरिएको
Clock २०८२ भाद्र १, आईतवार १२:३३
-- Sponsored --

नवलपुरः पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ ।

जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शनिवार जनाएको छ ।

उद्धार संस्थाहरूकाअनुसार मुसलधारे वर्षा, अचानक आएको बाढी र चट्याङले प्रान्तका केही भागहरूमा विनाश मच्चाएको छ । जसका कारण धेरै बेपत्ता भएका छन् र व्यापक विनाश भएको छ । बाढीले गाउँहरू डुबानमा पर्दा केही परिवारका सबै सदस्यहरु बेपत्ता छन् । निरन्तर वर्षाका कारण आएको पहिरोले प्रमुख सडकहरू अवरुद्ध गरेको छ ।

दुर्गम क्षेत्रहरूमा पहुँच काटिएको छ । नागरिकहरूलाई वर्षा र बाढीको समयमा शतर्क रहन, सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

विशेष गरी पर्यटकहरूलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न आगामी पाँचदेखि ६ दिनसम्म उत्तरी क्षेत्रहरूको भ्रमण नगर्न सल्लाह दिइएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win