एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम  समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा  पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको भुमिकामा सरल नेपालका केन्द्रीय अध्यक्ष मनिष पौडेल रहेका थिए भने  जिल्ला इन्चार्ज आयुष ढकाल र गैडाकोट नगर अध्यक्ष सुगम पोख्रेलको समेत  उपस्थिती रहेको थियो।

कार्यक्रमको सञ्चालन सरल नेपाल नवलपुरका जिल्ला सचिव सम्राट पाण्डेले गरेका थिए। कार्यक्रम मार्फत विद्यार्थीहरूलाई आफ्नो भविष्यको दिशा निर्धारण गर्न प्रेरणा मिलेकाे आयोजककाे भनाइ छ ।