+
+
-- Sponsored Ad --

भारतका विभिन्न स्थानमा अविरल वर्षा, राजस्थानका अधिकांस विद्यालय बन्द

85 पटक हेरिएको
Clock २०८२ भाद्र ९, सोमबार ०९:१८
-- Sponsored --

कावासाेतीः भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी  आएको  छ ।

राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको बीबीसी हिन्दीले जनाएको छ  । आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ ।

यस्तै, पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या देखिएको छ । त्यहाँको एक घर क्षतिग्रस्त भइ केही अङ्श बगाएको छ । यसअघि उत्तराखण्डको चमोली जिल्लामा गएको शुक्रवार वर्षाका कारण ठूलो बाढी आएको थियो ।

प्रशासनले विभिन्न जिल्लाका बासिन्दालाई आवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको खबरमा उल्लेख छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win