चितवनमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह
चितवनमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘जल तथा मौषम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिन अझैसम्म पनि पानी परिरहन सक्ने देखिएकाले नारायणी तथा राप्ती जस्ता ठूला नदी र अन्य स–साना खोलाहरुमा पानीको सतह बढ्न गई नदी/खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने तथा विभिन्न स्थानहरुमा पहिलो जान सक्ने आशंका हुँदा नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिम रहेका त्यस्ता स्थान÷बस्तीहरुमा उच्च आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।’ चितवनमा नारायणी र नदीको बाढीले ठूलो क्षति पुग्ने गरेको छ । नारायणी नदीको बाढीबाट धेरैजसो भरतपुर महानगरपालिका–२६, २७ वडाका बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको