+
+
-- Sponsored Ad --

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँको बजेट विनियोजन

1,103 पटक हेरिएको
Clock २०७८ जेष्ठ १६, आईतवार २३:०१
-- Sponsored --

स्याङ्जा, जेठ १६ । शनिबार विनियोजित बजेटमा स्याङ्जामा आगामी आर्थिक वर्षका लागि ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

समग्रमा स्याङ्जा जिल्लाको ११ स्थानीय तहमा ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबारको बजेट विनियोजन गरेको छ ।

उक्त रकम मध्ये समानीकरण अनुदानमा रु. १ अर्ब १९ करोड ३० लाख, सशर्त अनुदान अन्र्तगत २ अर्ब ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ लाख गरी जम्मा रु. ४ अर्ब ३४ करोड ७६ लाख विनियोजन गरेको छ ।

जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन गरिएको छ ।

नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ५८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ३८ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गल्याङ नगरपालिकालाई जम्मा ५३ करोड ७९ लाख विनियोजन गरेको छ । त्यस्तै गरी चापाकोट नगरपालिकालाई जम्मा ४२ करोड ६० लाख विनियोजन गरेको छ ।

पुतलीबजार नगरपालिकालाई जम्मा ५८ करोड ६४ लाख विनियोजन गरेको छ । त्यस्तै भीरकोट नगरपालिकालाई जम्मा ३८ करोड ५१ लाख विनियोजन गरेको छ । यसैगरी वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन गरेको छ ।

अर्जुन चौपारी गाउँपालिकालाई २७ करोड ६४ लाख विनियोजन भएको छ । त्यस्तै गरी आँधिखोला गाउँपालिकालाई ३३ करोड ७८ लाख विनियोजन भएको छ ।

कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ६५ लाख विनियोजन भएको छ । त्यस्तै फेदीखोला गाउँपालिकालाई २४ करोड ३७ लाख विनियोजन भएको छ ।

विरुवा गाउँपालिकालाई ३१ करोड ५ लाख विनियोजन भएको छ । त्यस्तै गरी हरिनाश गाउँपालिकालाई ३१ करोड ६ लाख विनियोजन भएको छ ।

यो स्याङ्जा जिल्लाको विनियोजित बजेट रकम अघिल्लो वर्षको भन्दा ४० करोड ५४ लाख बढी हो ।

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँको बजेट विनियोजन
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win