उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म थपियो, खाद्यान्न र किराना पसल खाेल्न पाइने

काठमाडौं : काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थपिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केही क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको पनि जानकारी दिए। ‘जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ,’उनले भने,‘अहिले बन्द रहेका खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरहरू जेठ २१ गतेदेखि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ।’

विकास निर्माण कार्यका हकमा सिमित कामदार राखेर काम गर्न दिने निर्णय पनि गरेको उनले बताए। उनका अनुसार रातिको समयमा निर्माण सामग्री पनि ओसारपसार गर्न दिने निर्णय भएको छ। यसअघि जेठ १४ गते एक साताका लागि जारी निषेधाज्ञा बिहीबार राति सकिँदै छ। 

उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 65 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    • २०८१ माघ १७, बिहीबार २१:२२
    • 58 views
    १ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

    १७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *