देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढि, गण्डकीमा थप दश जनाको मृत्यु

जेठ २५, पोखरा,

कोरोना परीक्षण गराउनेको संख्या घटेसँगै गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८२ जनाको परीक्षणमा ५१८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पछिल्ला दिनमा कोरोना प्रति मानिसहरुले बेवास्ता गर्न थालेकोले प्रदेशस्थित जिल्लाहरुमा पर्याप्त नमुना संकलन नभएकोले पनि संक्रमितको संख्यामा कमि देखिएको जनस्वास्थ्य विदहरुको भनाई छ ।

पछिल्लो २४ घण्टामा कास्कीमा ५१४ जनाको मात्रै नमुना परिक्षण गर्दा २३२ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले बताएको छ ।

मंगलबार थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४७ हजार ८ सय ९ पुगेको छ । गत २४ घण्टामा प्रदेशका १ हजार ७३ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ३९ हजार १२० पुगेको छ ।

यस्तै मंगलबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना सहित स्याङ्गजा र पर्वतका दुईदुई तथा तनहुँ, लमजुङ, र नवलपुरका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ सय ८९ पुगेको छ । अहिले प्रदेशमा ८ हजार ६ सय ८९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर पाँच हजार एक सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० जना र पाँच हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 25 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *