विजयश्रीको विस्तारित मन्च सम्पन्न

गोविन्द रिमाल, गैंडाकोट असार २६ । गैंडाकोटमा रहेको विजयश्री उपभोक्ता सहकारी संस्थाले आफ्नो विस्तारीत मन्च सम्पन्न गरेको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा संस्थाका सन्चालक, लेखा समिति, व्यवस्थापन उपसमिति, संस्थाद्धारा गठित उपसमिति पदाधिकारी एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो क्रममा संस्थाको गत वर्षको प्रगति समीक्षा एवम् आगामी वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भएको थियो । संस्थाका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षता रहेको सो कार्यक्रमको सहजीकरण व्यवस्थापक रामचन्द्र पौडेलले गर्नुभएको थियो । २३२ जना शेयर सदस्य रहेका सो संस्थाले गैँडाकोटका दुई स्थानबाट मिनीमार्ट सन्चालनमा ल्याएको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपीनाथ खरेलले राख्नुभएको थियो । संस्थाको समग्र अवस्था बारेमा जानकारी दिनुहुँदै अध्यक्ष हरिलाल सापकोटाले छिट्टै अमरापुरी र भेडाबारी क्षेत्रबाट थप मिनीमार्ट सन्चालनमा ल्याउने बताउनुभयो । कार्यक्रममा निवर्तमान सचिव गोविन्द रिमाल, केन्द्रीय सेवाकेन्द्र व्यवस्थापन समिति संयोजक भानुभक्त लामिछाने, लेखा सुपरिवेक्षण समितिका संयोजक आनन्द चालिसे, सदस्य खुमनाथ पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । विकू बचत तथा ऋण सहकारी संस्थाको प्रवर्द्धनमा सन्चालित सो सहकारीले गुणस्तरयुक्त उपभोग्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *