+
+
-- Sponsored Ad --

गण्डकीमा राजनितिक रोईलो,विपक्षीधर्नामा, सत्तापक्षको बैठक चल्दै

588 पटक हेरिएको
Clock २०७८ जेष्ठ २९, शनिबार १७:१५
dharna-2
-- Sponsored --

जेठ २९, पोखरा,

गण्डकी प्रदेश प्रमुखको कार्यालय अगडी विपक्षी गठबन्धनले धर्ना दिइरहेकै बेला यता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सत्ता पक्षको बैठक बसिरहेको छ ।
एकातिर विपक्षीको मुख्यमन्त्रीको घोषणाको छिटो हुनुप¥यो भन्ने माग छ भने अर्को तिर सत्ता पक्ष बैठक बसिरहेको छ ।

विपक्षी गठबन्धनले बहुमत समर्थन पाएका कृष्ण चन्द्र नेपालीलाई मुख्यमन्त्री किन घोषणा गरिएन भन्दै धर्ना दिएका हुन् ।

गठबन्धनले मुख्यमन्त्रीको दावीसहित हिजोमात्रै ३१ सांसदको प्रस्ताव पत्र पेश गरिसकेको थियो । बहुमतको समर्थन पाएपछि यथासक्य छिटो घोषणा हुनुपर्ने उनीहरुको माग छ ।

घोषणाको समय बितिसक्दा पनि किन ढिला गरियो भन्दै विपक्षी गठबन्धनले धर्ना दिएको हो ।

सुरक्षालाई मध्यनजरगर्दै प्रहरी फोर्सलाई धर्ना क्षेत्रमा बढाइएको छ ।

यसैबिच
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको पत्र प्रदेश प्रमूख समक्ष पेश गर्दै उहाँले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।

प्रदेशमा जारि यो राजनितिक रोईलोले कस्तो रुप लिने छ त्यो भने हेर्न बाँकि नै रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win