पसुपतिनाथ मन्दिरको नाम यसरी गरिएको थियो ।

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

३. यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको२ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।४. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 88 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 73 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *