+
+
-- Sponsored Ad --

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

417 पटक हेरिएको
Clock २०७८ जेष्ठ ३१, सोमबार ११:३५
-- Sponsored --

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४÷५ दिनदेखि आएको ज्वरो नघटेपछि खनाललाई अस्पताल लगिएको हो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win