
२० माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन ।