पछिल्लो समयको बाढीपहिरोले देशभर १६ जनाको मृत्यु,२२ अझै बेपत्ता, झण्डै दुई हजार मानिस विस्थापित

असार ४, कास्की

गत सोमबार पछिको लगातारको भारी बर्षा शुक्रबारबाट भने केहि कम भएको छ । अहिले देशका धेरै स्थानमा वर्षा रोकिएपनि लगातारको वर्षाले विभिन्न खोला तथा नदिहरुको बहाब उच्च रहेको साथै जमिन गलेकोले बाढि र पहिरोको जोखिम कायमै रहेको मौसमविदहरुले बताएका छन् । मनसुन सुरु भैसकेकोले पनि जुनसुकै समय ठूलो वर्षा हुनसक्ने भएकोले खोला तथा नदिकिनारका मानिसहरुले विषेश सावधानि अपनाउन पनि मौसमविदले सुझाव दिएका छन् ।

पछिल्लो ५ दिनमा बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ भने अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन÷तीन तथा कास्की, गोरखा, पाल्पा, सप्तरी, काभ्रे, जुम्ला, अर्घाखाँची, कालिकोट, प्युठान र बाजुरामा एक÷एक जना रहेको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी घाइते भएका १६ मध्ये १० जना पुरुष, चार महिला र दुई बालिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बेपत्ता २२ मध्ये सिन्धुपाल्चोकका मात्रै २० जना रहेका छन् । बाजुरा र रुपन्देहीमा एक÷एक जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै बर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।
यसैबिच
बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । प्राप्त विवरणअनुसार ५ सय २८ घरका एक हजार ७ सय ६० जना मानिस विस्थापित भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यही बीचमा ५ सय १६ पशु चौपायको समेत मृत्यु भएको छ ।

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीनवटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 25 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *