राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहन्छ : उपेन्द्र यादव

काठमाडौं, असार १६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताउनुभयो ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले विगतदेखि वर्तमानसम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको उहाँको तर्क थियो ।

प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने बताउनुभयो ।

उहाँले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताउनुभयो । यादवले ‘जबसम्म परिवर्तन सम्पूर्ण रुपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहीरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महशुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’ भन्नुभयो ।

वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 9 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 21 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *