0 प्रतिक्रिया
अविरल वर्षाले उपत्यकाका धेरै स्थानमा भीषण बाढी/बागमति किनारका बस्तीमा बेहाल
साउन २३, काठमाण्डौ : गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।

राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । यस्तै सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल भएको छ ।
बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



