टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने

पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।

फाइल तस्बिर । टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदैछ । यसपल्टको टोकियो ओलम्पिक नेपाल सहभागी १४ औं संस्करण हुनेछ ।

सहभागी हुने खेलाडीमा पौडीकी गौरिका र एलेक्जान्डर ग्याडिगाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिकसका सरस्वती चौधरी रहेका छन् । गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्ने छन् ।

कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सोनियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल रहेका छन् ।

त्यसमध्ये पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल हुनेछन् ।

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो । प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा सबैभन्दा जोखिमपूर्ण समूह ‘वान’ मा राखेको छ ।

सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् । अब टोकियो प्रवेश गर्नु अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परीक्षणबाट गुज्रिनु पर्नेछ । टोकियो पुगे पछि तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु पर्नेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 9 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 8 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *