+
+
-- Sponsored Ad --

सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते

424 पटक हेरिएको
Clock २०७८ चैत्र १२, शनिबार १४:३६
-- Sponsored --

१२ चैत, जनकपुरधाम । सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् ।

नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । स्थानीय युवाले क्लबकाे भवन साेही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएकाे हाे ।

साेही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win