+
+
-- Sponsored Ad --

राजीनामा फिर्ता लिँदै भीम रावल

586 पटक हेरिएको
Clock २०७८ श्रावण ८, शुक्रबार ०९:५०
-- Sponsored --

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। 

देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।

राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने बुझिएको छ। रावलले एमालेको विवाद समाधान गर्न नेपाल समूहबाट कार्यदलको संयोजक भएर १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर, वरिष्ठ नेता नेपालले त्यसको कुनै अर्थ नभएको भन्दै फर्काएपछि रावल नेपालसँग चिढिएका थिए।

उनी पछिल्लो पटक नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि उपस्थित भएनन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win